Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • बाग्मती प्रदेशसभा : लगातार दोस्रो दिन माओवादीद्वारा बैठक अवरुद्ध

    बाग्मती प्रदेशसभा : लगातार दोस्रो दिन माओवादीद्वारा बैठक अवरुद्ध

    अनलाइन नेपाल
  • बुधबार, २५ चैत्र २०७७
  • 2K
    SHARES

    हेटौँडा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले आजपनि बाग्मती प्रदेशसभाको बैठक अवरुद्द गरेको छ।

    प्रमुख प्रतिपक्षी दल माओवादीले आजको बैठकमा सरकारले आफूहरुले सदनमा उठाएको प्रश्नको चित्तबुझ्दो जवाफ नदिएको भन्दै संसद् बैठक अवरुद्ध गरेको हो ।



    त्यस्तै, हिजोको बैठकमा केन्द्रले सरकार भावानात्मक, सांगठनिक र वैचारिक रुपमा एक्लिएको अवस्थामा मुख्यमन्त्री डोरमणि पौडेलले नैतिकताका आधारमा पनि राजिनामा दिनुपर्ने भन्दै बैठक अवरुद्ध गरेको थियो ।



    आजको बैठकमा मुख्यमन्त्री पौडेलले अविश्वासको प्रस्ताव, बजेटको वितरण र नीति तथा कार्यक्रमका विषयमा सदनमा उठाएको प्रश्नको जवाफ दिएका थिए ।

    पौडेलले जवाफ दिएसँगै माओवादी संसदीय दलका नेता शालिकराम जम्कट्टेलले आफूहरुलाई सरकारले दिएको जवाफ चित्तबुझ्दो नभएको आरोप लगाएसँगै माओवादीका सांसदहरुले बैठकमा उठेर विरोध जनाएका थिए।

    उक्त विरोधपश्चात् सभामुख सानुकुमार श्रेष्ठले आजको बैठक स्थगित गर्दै बैठक भोलि पुन बिहान ११ बजेका लागि बोलाएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार