Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • कोरोना महामारी: रात्रिकालीन व्यवसाय तथा रेष्टुरेन्ट राति ९ बजेपछि बन्द हुने !

    कोरोना महामारी: रात्रिकालीन व्यवसाय तथा रेष्टुरेन्ट राति ९ बजेपछि बन्द हुने !

    अनलाइन नेपाल
  • बुधबार, २५ चैत्र २०७७
  • 2K
    SHARES

    काठमाडौं । सरकारले रात्रिकालीन व्यवसाय तथा रेष्टुरेन्टहरु राति ९ बजेपछि बन्द गर्न र गराउन अनुरोध गरेको छ ।

    कोरोना संक्रमण बढ्दै गएपछि रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य मापदण्डको पालना गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रात्रिकालीन व्यवसायलाई बन्द गराउन अनुरोध गरेको हो ।



    आज मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले जारी गरेको सूचनामा संक्रामक रोग ऐन बमोजिम कारबाही गर्ने गरी घरबाहिर र सार्वजनिक स्थामा मास्कको प्रयोगलाई अनिवार्य गराउन पनि सबै जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको छ ।



    यसैगरी कोरोना संक्रमितको पहिचान गर्न कन्ट्याक्ट ट्रेसिङ बढाउन तथा ‘केस इन्भेस्टिगेसन’का लागि एन्टीजेन तथा आवश्यकताअनुसार पीसीआर परीक्षण बढाउन पनि मन्त्रालयले सम्बन्धित स्वास्थ्य कार्यालय तथा स्थानीय तहहरुलाई आग्रह गरेको छ ।

    यस्तो छ मन्त्रालयले जारि गरेको सूचना :

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार