Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • चितवनमा युनियनका अधिकारीको प्यानल बिजयी, झापामा ओली समुहका पत्रकार पराजित

    चितवनमा युनियनका अधिकारीको प्यानल बिजयी, झापामा ओली समुहका पत्रकार पराजित

    अनलाइन नेपाल
  • बिहिबार, २६ चैत्र २०७७
  • 3.3K
    SHARES

    चितवन। नेपाल पत्रकार महासंघ चितवनमा  नारायण अधिकारीको प्यानल बिजयी भएको छ।  अधिकारी नेपाल प्रेस युनियनका उम्मेदवार हुन।

    नेपाल प्रेस युनियन चितवनले २४ बर्षपछि पत्रकार महासंघमा नेतृत्व पाएको छ ।  अधिकारीलाई प्रचन्ड- माधव पक्षका पत्रकारहरुको समर्थन रहेको थियो।



    निर्वाचनमा कुल २६६ मत खसेको थियो । अध्यक्ष पदमा निर्वाचित अधिकारीले कुल १४६ मत प्राप्त गरेका छन् । अध्यक्ष पदमा अधिकारीसँगै तिलकप्रसाद रिमाल र सूर्यप्रकाश कँडेलले पनि उम्मेदवारी दिएका थिए । रिमालले ११२ मत ल्याएका छन् भने कँडेलले ४ मत प्राप्त गरेका छन् ।



    त्यसैगरी उपाध्यक्षतर्फ प्रकाशमणि ज्ञवाली विजयी भएका छन् । महिला उपाध्यक्षमा प्रमिता ढकाल विजयी भएकी छन् । सचिवमा दीपेन्द्र अधिकारी, कोषाध्यक्षमा राजेन्द्र आचार्य र सहसचिवमा आनन्द पोखरेल विजयी भएका छन् ।

    त्यस्तै समावेशी सहसचिवतर्फ उर्गेन तामाङ विजयी भएका छन् ।

    पत्रकार महासंघ झापा शाखामा एकराज गिरी नेतृत्वको संयुक्त प्यानलले बर्चस्व कायम गरेको छ ।

    नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाल, मिडिया नेपाल र स्वतन्त्र पत्रकारहरूको संयुक्त प्यानलले २० पदमध्ये १६ पदमा विजय हासिल गरेको हो ।

    अध्यक्षमा संयुक्त प्यानलका एकराज गिरी निर्वाचित भएका छन् । प्रेस युनियनका गिरीले १५५ मत ल्याए । उनका प्रतिद्वन्द्वी ओली निकट प्रेस चौतारीका विशाल नेम्वाङले ७४ मत प्राप्त गरे भने नेपाल–खनाल निकट प्रेस चौतारीका तिर्थ सिग्देलले २६ मत ल्याए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार