Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • देशका अधिकांश स्थानमा बिपुल प्यानलको अग्रता, ललितपुरमा न्यौपानेको प्यानल बिजयी

    देशका अधिकांश स्थानमा बिपुल प्यानलको अग्रता, ललितपुरमा न्यौपानेको प्यानल बिजयी

    अनलाइन नेपाल
  • बिहिबार, २६ चैत्र २०७७
  • 1.9K
    SHARES

    काठमाडौं । नेपाल पत्रकार महासंघको ललितपुर शाखामा सागर न्यौपानेको प्यानल विजयी भएको छ ।

    प्रेस संगठन नेपाल, प्रेस चौतारी नेपाल र माधव नेपाल निकट प्रेस चौतारीको संयुक्त उम्मेदवार बनेका न्यौपानेको प्यानल नै बिजयी भएको हो ।



    नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशन अन्तर्गत हिजो देशैभर मतदान भएको थियो । अधिकांश स्थानमा विपुल पोखरेल नेतृत्वको प्यानल बिजयी भएका छन् ।



    त्यस्तै , पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिमा सरकारनिकट प्यानललाई हराउँदै गठबन्धन प्यानल विजयी बनेको छ । प्रतिष्ठान प्रदेश समितिमा अध्यक्ष बालकृष्ण अधिकारी नेतृत्वको प्यानल विजयी बनेको हो ।

    प्यानलबाट उपाध्यक्षमा वीरेन्द्र ओली, महासचिवमा रामकुमार शाही, उपाध्यक्ष महिलामा रुक्मिणी पोखरेल सचिव खुलामा नरेन्द्र मानन्धर, सचिव समावेशीमा पार्वती खड्का र कोषाध्यक्षमा केशवप्रसाद बोहरा विजयी बनेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार