Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • भारतमा २४ घण्टामा थपिए ९७ हजार जना कोरोना संक्रमित

    भारतमा २४ घण्टामा थपिए ९७ हजार जना कोरोना संक्रमित

    अनलाइन नेपाल
  • बिहिबार, २६ चैत्र २०७७
  • 1.8K
    SHARES

    नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट थप झण्डै ९७ हजार सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो केही दिनदेखि भारतमा दैनिक ९० हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।

    भारतमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या एक करोड २६ लाख ८६ हजार ४९ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ ।



    तीमध्ये ९६ हजार ९८२ जना पछिल्लो २४ घण्टामा सङ्क्रमित भएका हुन् ।



    त्यसैगरी सोही अवधिमा ४४६ जनाको कोरोनाका कारण निधन भएको छ । योसँगै कूल मृतकको सङ्ख्या एक लाख ६५ हजार ५४७ पुगेको अधिकारीहरूले जनाएका छन् ।

    भारतमा अहिलेसम्म एकैदिनमा सबैभन्दा धेरै गत सोमबार एक लाख तीन हजार ५५८ जना सङ्क्रमित भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार