Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • विरोधीहरूप्रति झन क्रुर बन्दै ओली, लोकप्रियताको ग्राफ घटेर शून्यतिर !

    विरोधीहरूप्रति झन क्रुर बन्दै ओली, लोकप्रियताको ग्राफ घटेर शून्यतिर !

    अनलाइन नेपाल
  • बिहिबार, २६ चैत्र २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा देख्न चाहनेको संख्या क्रमशः घट्दै गएको छ । प्रतिनिधिसभा निर्वाचनका बेला ओली जति लोकप्रिय थिए, उनको लोकप्रियताको ग्राफ घटेर शून्यतिर जाँदैछ ।

    वाम गठबन्धनका बोलेका कुरा ओलीले सबै भुलेका छन् । घोषणापत्रअनुसारका कुनै पनि काम गरेका छैनन् । माओवादी केन्द्र र एमालेबीच पार्टी एकीकरण गर्ने भनेका थिए । त्यो पनि गरेनन् । रेल, पानीजहाज, घरघरका चुल्होमा पाइपबाट ग्यास आदि जस्ता आश्वासन दिएका थिए ।



    ओलीले ती आश्वासनलाई पूरा गर्ने कुनै छनक ल्याएका छैनन् । बरु प्रधानमन्त्री पद जतिबेला पनि फुत्किन सक्ने देखेर डीपीआर नै तयार नगरिकन धमाधम शिलान्यास गरिरहेका छन् । ओलीमा अहिले शिलान्यासको भुत चढेको छ ।



    प्रधानमन्त्री पदको कुर्सी हल्लिएको थिएन भने ओलीले यसरी हतार–हतारमा बालुवाटारमा डीपीआर नै नभएका आयोजनाहरूको उद्घाटन गर्ने थिएनन् ।

    ओलीले दैनिक सरह मन्त्रिपरिषदको बैठक राखेर धमाधम राजनीतिक नियुक्तिहरू पनि गरिरहेका छन् । कुनै पनि राजनीतिक नियुक्ति खाली राख्ने पक्षमा ओली छैनन् । सबैमा आफ्नो भजन गाउने भजनमण्डलीहरूलाई भर्ना गरिरहेका छन् । ओलीले गरिरहेको हतारको काम र निर्णयलाई उनको बहिर्गमन नजिक आउँदैछ भन्ने संकेत गरेको छ ।

    ओलीलाई सबैभन्दा ठूलो खतरा आफ्नै पार्टी एमालेका नेताहरूबाट भएको छ । आफ्नो विरोध गरेको भन्दै ओलीले माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई कारबाही गरेका छन् ।

    ओलीले आफ्नो आलोचना भएको रुचाउँदैनन् । आफ्ना विरोधीहरूप्रति ओली अत्यन्तै क्रुर छन् । ओलीले देखाएको हर्कतबाट एमालेलाई ठूलो नोक्सानी भएको छ । ओली सुध्रिने पक्षमा छैनन् ।

    आफ्ना विरोधीहरूले समानान्तर गतिविधि गरेपछि ओली भित्रभित्रै डराएका छन् । ओलीले डराएको छनक दिएका छैनन् । तर, विरोधीहरूलाई फुटाउने अभियानमा भने लागेका छन् । आफ्ना समर्थकहरूलाई ओलीले सक्रिय बनाएका छन् । ओली माधव नेपाल समूहसँग निकै डराएका छन् ।

    नेपाल समूहलाई फुटाउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई झलनाथ खनालको निवासमा पठाएका छन् । खनालले ओलीको हर्कतबाट दिक्क भएर भण्डारीलाई लोप्पा खुवाएर फिर्ता पठाइदिएका छन् ।

    भण्डारीले मर्यादाको ख्याल नै नगरेर एमालेका नेताहरूको घरमा जानु राष्ट्रपति पदको आचारण विपरितको कार्य हो ।

    भण्डारीले यसअघि पनि ओलीको राजनीतिका लागि नेताहरूलाई शीतल निवासमै बोलाएर मिलेर जान दवाव सिर्जना गरेकी थिइन् । उनको राजनीतिक सक्रियतालाई धेरैले मन पराएका छैनन् । भण्डारीमा सुधार आउनुको साटो झन् एमालेका नेताको घरमा जान थालेकी छिन् ।

    ओलीको सत्ता धरमराउन थालेपछि सबैभन्दा धेरै समस्या भण्डारीलाई भएको चर्चा हुन थालेको छ ।

    ओली र भण्डारीको गतिविधिलाई नेपाल समूहले कुनै न कुनै विन्दुमा लगाम लगाउनेछन् । नेपाल समूहले सकेन भने पनि अर्को समूहले ओली–भण्डारीलाई सहि ठाउँमा लगेर राख्नेछ । यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार