केयूमा फेरि अनलाइनमार्फत् पढाइ सुरु

केयूमा फेरि अनलाइनमार्फत् पढाइ सुरु

अनलाइन नेपाल
  • बिहिबार, चैत्र २६ २०७७

  • 874
    SHARES

  • केयूमा फेरि अनलाइनमार्फत् पढाइ सुरु

    काठमाडौं । देशभर फेरि पनि कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि काठमाडौं विश्वविद्यालयले पुनः अनलाइन माध्यमबाट पढाउन सुरु गरेको छ ।

    विश्वविद्यालयले बिहीबारदेखि स्कूल अफ साइन्स र इन्जिनियरिङ अन्तर्गतका सबै कार्यक्रमहरुको पढाइ अनलाइनमार्फत् गर्ने निर्णय गरेको हो ।

    स्कूल अफ साइन्स र स्कूल अफ इन्जिनियरिङले संयुक्त रुपमा सूचना जारी गरी आजदेखि २०७८ वैशाख मसान्तसम्म अनलाइनमाध्यमबाट पढाइ हुने जानकारी गराएको छ ।

    यस्तो छ सूचना

     

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार