Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • इराकमा तीनवटा यौनाङ्ग भएको बच्चा जन्मियो !

    इराकमा तीनवटा यौनाङ्ग भएको बच्चा जन्मियो !

    अनलाइन नेपाल
  • बिहिबार, २६ चैत्र २०७७
  • 2.4K
    SHARES

    फाइल तस्विर

    एजेन्सी। संसारमा कहिलेकाहीं अनौठा घटना हुन्छन् । मध्यपूर्वी मुलुक इराकमा हालै मानव इतिहासकै पहिलो र अनौठो घटना भएको छ । त्यहाँ तीनवटा यौनाङ्ग भएको बच्चा जन्मिएको छ ।

    इराकको मोसुल शहरमा अनौठो शारीरिक विकृतिसहितको बच्चा जन्मिएको हो। उक्त बच्चाको शरीरमा तीनवटा लिङ्ग भएको पाइएको छ ।



    स्थानीय एक अस्पतालमा एक दम्पतीले उपचारका लागि हालै एकजना तीन महिने शिशु ल्याएका थिए। अण्डकोष सुन्निने समस्या देखिएपछि उनीहरुले आफ्नो छोरालाई उपचारका लागि अस्पताल ल्याएका थिए । तर, जब डाक्टरहरुले सुन्निएको अण्डकोषको परीक्षण गरे, त्‍यहाँ त दुईवटा नयाँ लिङ्ग पलाउन थालेका रहेछन् ।



    तीनवटा लिङ्गमध्ये एउटा आम मानिसमा हुने सामान्य आकार प्रकारको लिङ्ग छ । दोश्रो लिङ्ग चाहिं मूल लिङ्गको फेदबाट पलाएको छ भने तेश्रो लिङ्ग अण्डकोषको थैली भित्रबाट निस्किएको छ । (एजेन्सीको सहयोगमा)

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार