Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • ललितपुरबाट ९५ लाखको सुटकेश चोरी ! चारजना पक्राउ

    ललितपुरबाट ९५ लाखको सुटकेश चोरी ! चारजना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २६ चैत्र २०७७
  • 1.7K
    SHARES

    काठमाडौं । महानगरीय प्रहरी वृत्त सातदोवाटोले गत चैत २३ गते ललितपुरको हरिसिद्धिबाट ९५ लाखभन्दा बढी मूल्यको सुटकेश, ब्याग र ल्यापटपको झोला चोरीमा संग्लन ५ जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा सिन्धुली घर भएका यमकुमार श्रेष्ठ, रामेछापका प्रदिप गौतम, सुनसरीका महेश अधिकारी, धनकुटाका दिपक खड्का र नविन अधिकारी छन् । सुनसरीको माता नगरपालिका–६ घर भई काठमाडौं बस्ने महेश अधिकारी रहेको सातदोवाटोका डिएसपी दिनेश घिमिरेले जानकारी दिए।



    गत चैत २३ गते हरिसिद्धिबाट अनिरुद्र टिवरेवालले सञ्चालन गरेको अर्वन ओएसिस इन्टरप्राइजेजबाट अमेरिकन टुरिस्टर, सामसोनाइट र कामिलियन्ट ब्राण्डका सुटेकशहरु चोरी भएको थियो।



    पक्राउ परेकाहरु मध्ये महेश अधिकारी सोहीइन्टरप्राइजेजका पूर्व कर्मचारी समेत रहेको हुनाले उनको योजनामा चोरी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको डिएसपी घिमिरेको भनाइ छ।

    प्रहरीले सिसिटिभी फुटेज लगायत प्राविधिको अनुसन्धान गरेर चोरीमा संलग्न आरोपीहरुलाई नरेफाँट र जडिबुटीबाट पक्राउ गरेको हो । आरोपीका डेराबाट सुटकेश र झोलासमेत प्रहरीले बरामद गरेको छ ।

    उक्त घटनानाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार