Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • एमाले प्रवेश गरेका ४ मन्त्रीको सांसद पद गयो

    एमाले प्रवेश गरेका ४ मन्त्रीको सांसद पद गयो

    अनलाइन नेपाल
  • बिहिबार, २६ चैत्र २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्र छाडेर नेकपा एमालेमा प्रवेश गरेका चारजना मन्त्रीको सांसद पद खारेज भएको छ।

    आजको प्रतिनिधिसभाको बैठकमा माओवादी केन्द्रले कारबाही गरेका चार सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले पदमुक्त भएको घोषणा गरेका हुन्।



    गत सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवायलाई पत्र पठाएर एमाले प्रवेश गरेका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, उर्जा जलश्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझी, शहरी विकास मन्त्री प्रभु साह र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले पूर्वपार्टी त्याग गरेको जानकरी दिएका थिए।



    राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल परित्याग गरेका सांसद पदमुक्त हुने नियम रहेको छ।  सांसद पद खारेज भएपछि उनीहरुको मन्त्री पद पनि स्वत खारेज हुनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार