Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • आजपनि माओवादीद्वारा बाग्मती प्रदेशसभाको बैठक अवरुद्द

    आजपनि माओवादीद्वारा बाग्मती प्रदेशसभाको बैठक अवरुद्द

    अनलाइन नेपाल
  • बिहिबार, २६ चैत्र २०७७
  • 1.5K
    SHARES

    मकवानपुर । बाग्मती प्रदेशसभाको आज बसेको बैठकमा विशेष समय लिएर प्रतिपक्षी दलका चार नेताले आ–आफ्नो धारण व्यक्त गरे ।

    उनीहरुले विषेश समयमा बोलिसकेलगतै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका नेताले मुख्यमन्त्री डोरमणि पौडेलबाट यसअघिको बैठकमा उठाइएको राष्ट्रिय सरोकारका विषयमा थप स्पष्ट जवाफ नदिएसम्म बैठक सञ्चालन गर्न नदिने भनेपछि आजको बैठक अवरुद्ध भएको हो ।



    वाग्मती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगन गरिएको बताए ।



    आज शुरु भएको बैठकमा विशेष समय लिएर बोल्दै प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले अहिले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्नुपर्ने समयमा मन्त्रिपरिषद्ले आवश्यकीय कार्यविधि र मापदण्ड तयार नगरी विद्युतीय बस खरिदका लागि प्रक्रिया अघि बढाएको हुँदा भ्रष्टाचारलाई नै प्रोत्साहन गर्न खोजिएको हो कि भनी आरोप लगाए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार