Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • १ करोड ठगी गर्ने फरार अभियुक्त पक्राउ

    १ करोड ठगी गर्ने फरार अभियुक्त पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २६ चैत्र २०७७
  • 2.1K
    SHARES

    काठमाडौं। महानगरीय अपराध महाशाखा काठमाडौँले बैंकिङ कसुरको मुद्दामा फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका-६ महेन्द्रनगर घर भई काठमाडौं टोखा नगरपालिका-४ बखुन्डोल बस्ने ३५ वर्षीय महेश्वर घिमिरे रहेका छन्।



    गत माघ १२ गते उच्च अदालत पाटनले उनीविरुद्ध एक करोड रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ पूर्जी जारी गरेको थियो ।



    त्यसपछि  फरार हुँदै आएका घिमिरेलाई  बिहिबार महाशाखाबाट खटिएको बिशेष  टोलीले टोखाबाटै पक्राउ गरेको हो

    पक्राउ परेका घिमिरेमाथि आवश्यक थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार