Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • काठमाडौँमा दिउँसै चोरी गर्दै हिड्ने ‘कुखुरे ग्याङ’को गिरोह पक्राउ

    काठमाडौँमा दिउँसै चोरी गर्दै हिड्ने ‘कुखुरे ग्याङ’को गिरोह पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २६ चैत्र २०७७
  • 5.3K
    SHARES

    काठमाडौँ। महानगरीय अपराध महाशाखा काठमाडौँले चोरी कार्यमा संलग्न रहेको कुखुरे ग्याङलाई पक्राउ गरेको छ।

    उक्त ग्याङमा पाँच जना रहेका छन् ।



    पक्राउ पर्नेहरुमा काठमाडौँ घर भई बालाजु बस्ने २५ बर्षीय राजेश लामिछाने कुखुरे, नुवाकोट घर भई लोलाङ बस्ने २५ बर्षीय भीम तमाङ, काठमाडौँ नै घर भई तारकेश्वोर बस्ने २३ बर्षीय रितेश लामा र धादिङ घर भई तारकेश्वोर बस्ने २७ बर्षीय बिशाल खतिवडा र २८ बर्षीय नवराज सदासंकर रहेका छन्।



    उक्त ग्याङले बिगत ४/५ बर्ष देखि बिशेषत बालाजु , महाराजगंज समेतका एरियालाई बेश बनाई काठमाडौं उपत्यका भित्रका बिभिन्न स्थानमाहरुमा दिनको समयमा मानिस नभएको मौका पारी चोरी गर्ने गरेको थियो ।

    उनीहरुले गत पुष १९ गते टोखास्थित सुरेश शाहीको घरमा कोही नभएको मौका पारेर ४० ईन्चको टिभीसहित सुनका बिभिन्न गर गहना समेत गर तेर्ह लाख एकसठ्ठ हजार बराबरको धनमाल चोरेका थिए ।

    पक्राउ परेको कुखुरे ग्याङलाई महाशाखाको टोलीले आवश्यक थप कारबाहीको लागि महानगरीय प्रहरी वृत्त,महाराजगंज पठाएको जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार