Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • समृद्ध नेपाल, सुखी नेपालीको अभियान बन्यो मजाक

    प्रधानमन्त्री ओलीद्वारा ५० करोडको मुद्दा लागेका बालुवाटार जग्गा काण्डका अभियुक्त गुरुङलाई सम्मान !

    प्रधानमन्त्री ओलीद्वारा ५० करोडको मुद्दा लागेका बालुवाटार जग्गा काण्डका अभियुक्त गुरुङलाई सम्मान !

    अनलाइन नेपाल
  • शुक्रबार, २७ चैत्र २०७७
  • 5.2K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित ललिता निवासको २९९ रोपनी सरकारी, सार्वजनिक जग्गा हिनामिना प्रकरणमा मुछिएका भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङलाई सम्मान प्रदान गरेका छन् ।

    ललितानिवास  प्रकरणका नाइके मीनबहादुर गुरुङलाई  ओलीले बिहिबार सम्मान प्रदान गरेका छन् ।



    विहिबार होटल सोल्टीमा आयोजित नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिक साधारण सभामा प्रधानमन्त्री ओलीले  गुरुङलाई जुद्ध बहादुर श्रेष्ठ मेमोरियल अवार्डबाट सम्मानित गरेका हुन् ।



    ओलीले गुरुङलाई गरेको सम्मानले गर्दा उनको समृद्ध नेपाल, सुखी नेपालीको अभियान नै मजाक बनेको छ।

    ललिता निवासको सरकारी जग्गा किनबेच मा अभियुक्त रहेका गुरुङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

    अख्तियारले ५० करोड भन्दा बढी बिगो माग दाबी गरेका गुरुङसँग  दुई करोड धरौटी मागेको थियो ।

    गुरुङले सञ्चालन गर्दै आएको भाटभटेनी डेभलपमेन्ट कम्पनी प्रालिमार्फत ललितानिवासको सरकारी, सार्वजनिक जग्गा गैह्रकानूनी रुपमा आफु समेतको नाममा सट्टाभर्ना गरी-गराई आफूलाई प्रत्यक्ष लाभ र नेपाल सरकारलाई प्रत्यक्ष हानी पु-याउने काम गरेको अख्तियारले निष्कर्ष निकालेको थियो ।

    व्यक्तिका नाममा सारिएको बालुवाटारको ११२ मध्ये आधाभन्दा बढी जग्गा गुरुङले लिएका थिए ।

    गुरुङले व्यक्तिगत, संयुक्त, भाटभटेनी सुपरमार्केट र आफन्तका नाममा जग्गा खरिद गरेका थिए । कित्ता नम्बर ७४, १३७, ४१३ का जग्गाहरु गुरुङले आफ्नै नाममा लिएका थिए ।

    पूर्व सचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठित उच्चस्तरिय छानबीन समितिले गुरुङलाई भू-माफिया भनेर किटान गरेको थियो ।
    गुरुङ भाटभटेनी सुपरमार्केटका मालिक समेत हुन् ।

    चेम्बरले विभिन्न विधामा उल्लेखनीय कार्य गरेबापत उद्यमी व्यवसायीहरुलाई प्रधानमन्त्री ओलीको हातबाट सम्मानपत्र तथा कदरपत्र प्रदान गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार