Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • हुण्डीको लाखौँ रकमसहित तीन जना पक्राउ

    हुण्डीको लाखौँ रकमसहित तीन जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २७ चैत्र २०७७
  • 2.1K
    SHARES

    पर्सा। जिल्ला प्रहरी कार्यालय पर्साले ठुलो परिमाणको हुण्डीको रकमसहित तीन जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा पर्सागढी नगरपालिकाका ६० वर्षीय जोखन साई फकिर, तवारख देवान र उमेश शर्मा रहेका छन्।



    प्रहरीका अनुसार ना १२ प ५०७३ नम्बरको मोटरसाइकलमा आइरहेका जोखन र तवारखलाई शंका लागेर चेकजाँच गर्दा उनीहरूको साथबाट स्रोत नखुलेको १६ लाख रुपैयाँ फेला परेको हो।



    घटनाको थप अनुसन्धान गर्दा हुण्डी कार्यमा उमेश शर्माको समेत संलग्नता देखिएपछि प्रहरीले पक्राउ गरेको जनाएको छ।

    अवैध रकम (हुण्डी) मा संलग्न उनीहरुलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३बिरुद्वको कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार