Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • मिसेस श्रीलङ्का : टाउकोबाटै ताज खोस्ने मिसेस वर्ल्ड पक्राउ

    मिसेस श्रीलङ्का : टाउकोबाटै ताज खोस्ने मिसेस वर्ल्ड पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २७ चैत्र २०७७
  • 1.9K
    SHARES

    एजेन्सी। मञ्चमै विजेता अयोग्य भन्दै उपाधि खोसेर अर्की प्रतिस्पर्धीलाई लगाइदिएकी पूर्व मिसेस् श्रीलङ्का क्यारलाइन जुरीलाई प्रहरीले पक्राउ गरेको छ।

    गत आइतवार टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको कार्यक्रमा पुष्पिका डिसिल्भाले ‘मिसेस श्रीलङ्का’को उपाधि जितेकी थिइन् र जुरीले उनलाई ताज लगाइदिनुपर्ने थियो।



    तर ताज लगाइदिएको केही समयमै जुरीले सम्बन्धविच्छेद भइसकेकाले उनलाई उपाधि दिनु नहुने दाबी गर्दै ताज खोसिन् ।



    डिसिल्भाले त्यसपछि आफू श्रीमानसँग छुट्टिएर बसेको तर सम्बन्धविच्छेद भने नभएको बताएकी थिईन  ।

    मिसेस श्रीलङ्का मिस वर्ल्ड सौन्दर्य प्रतियोगिता अन्तर्गत विवाहित महिलाहरूका लागि आयोजन गरिने उपाधि हो ।

    त्यसपछि उनले अर्की प्रतियोगीलाई ताज लगाइदिइन् र डिसिल्भा मञ्चबाट बाहिरिइन्।

    ‘पारपाचुके भएका महिलाले प्रतियोगितामा भाग लिन नपाउने नियम छ । त्यसकारण यो ताज दोस्रो स्थानमा रहेकी प्रतियोगीलाई दिनका लागि म यो कदम उठाउँदैछु,’ जुरीले दर्शकहरूलाई भनेकी थिइन्।

    ‘प्रहरीले क्यारलाइन जुरी र मोडल चोला पाडमेन्ड्रालाई आइतवारको घटनामा सामान्य चोट पुर्‍याएको अनि आपराधिक कारण पक्राउ गरेको जनाएको छ। (बीबीसिको सहयोगमा)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार