Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • जसपाद्वारा ओलीलाई नै समर्थन गर्ने सङ्केत, देउवाको सपनामाथि तुषारापात

    जसपाद्वारा ओलीलाई नै समर्थन गर्ने सङ्केत, देउवाको सपनामाथि तुषारापात

    अनलाइन नेपाल
  • शुक्रबार, २७ चैत्र २०७७
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नयाँ सरकार निर्माण गर्नका निम्ति डाकेको बैठकको केही घण्टा अगाडिसम्म पनि सरकार निर्माणमा निर्णायक ठानिएको जनता समाजवादी पार्टी (जसपा)का नेताहरू कसलाई समर्थन गर्ने भन्नेबारे अन्यौलमै देखिन्छन्।

    कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै दलको नेतृत्वमा नयाँ सरकार निर्माणको पहल गर्ने केन्द्रीय कार्यसमितिको निर्णयअनुरू आज अन्य दुई दलहरू माओवादी केन्द्र तथा जसपाका नेताहरूलाई बैठकमा डाकेका छन् ।



    तर, प्रधानमन्त्री केपी शर्मा ओलीको दललाई बाहेक गरेर सरकार निर्माण गर्ने हो भने निर्णायक बन्नसक्ने जसपाका नेताहरूले भने उक्त बैठक अगाडि आफूहरूको विकल्प खुला रहेको बताउँदै आएका छन्।



    यसैबीच, कांग्रेसको बिहीवार बसेको बैठकको मुख्य उद्देश्य आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउने प्रयासबारे ती दुई दलको धारणा बुझ्ने रहेको बैठकमा सहभागी एक नेताले जानकारी दिए।

    तर, माओवादी केन्द्रले बारम्बार कांग्रेसलाई समर्थन गर्न सकिने बताउँदै आएको सन्दर्भमा अब जसपाको भूमिकानै प्रमुख हुनसक्ने देखिएको छ।

    संसदमा चौथो ठूलो दल भएपनि गणितको हिसाबले जसपाले दिने समर्थनले सरकार ढल्ने वा नढल्ने विषय निर्धारण गर्ने देखिएको छ।

    जसपाले एकातिर प्रधानमन्त्री ओलीको सरकारसँग आफ्ना मागबारे कुराकानी चलाइरहेको छ भने अर्कोतिर माओवादी केन्द्र र कांग्रेससँगपनि छलफल गरिरहेको छ।

    जसपा भित्रै प्रमुख शीर्ष नेताहरुको भने मत बाजिएको देखिन्छ। प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने नगर्ने बिषयमा जसपाभित्र अझै दुई धार छ।

    पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत केही नेताहरु ओली सरकारलाई समर्थन गर्ने तिर लागेछन भने पार्टीको  संघीय परिषद्का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले चाहिँ केपी ओली सरकारलाई विस्थापन गर्न जसपा उत्सुक रहेको निरन्तर बताउँदै आएका छन्।

    जसपाले ओलीलाई नै समर्थन गरेको खण्डमा अहिले नै प्रधानमन्त्री बन्ने देउवाको सपनामाथि तुषारापात लाग्ने देखिन्छ

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार