Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • ऋषि कट्टेलको नेकपाले गर्यो देश-विदेशमा घटेका राजनीतिक घटनाक्रमहरूको समीक्षा

    ऋषि कट्टेलको नेकपाले गर्यो देश-विदेशमा घटेका राजनीतिक घटनाक्रमहरूको समीक्षा

    अनलाइन नेपाल
  • शुक्रबार, २७ चैत्र २०७७
  • 2.9K
    SHARES

    काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (ने क पा) राष्ट्रिय सम्मेलन आयोजक समिति केन्द्रीय सचिवालयको बैठक सम्पन्न भएको छ।
    समितिका संयोजक  ऋषिराम कट्टेलको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय कपनमा  सो बैठक सम्पन्न भएको हो।
    बैठकमा सचिवालय सदस्यहरू सहसंयोजक क. लोकनारायण सुवेदी, सहसंयोजक अम्विका थैव, रामबहादुर भण्डारी, हरिदेव ज्ञवाली, भीम सेढाई, सीता सुवेदी, रामदुलार महतो, राजेश वान्तवा, कृष्णहरि भट्ट, नरेशलाल अमात्य,  मंगलकृष्ण अमात्य, मिश्री मण्डल, महेन्द्र जोशी, नरेन्द्र बस्नेत र सचिवालय सदस्य तथा कार्यालय सचिव रत्नप्रसाद जोशीको उपस्थिति रहेको थियो ।
    आज बसेको बैठकले गरेका निर्णयहरू विज्ञप्ति मार्फत सार्वजनिक गरेको सो पार्टीले जनाएको छ।
    १) बैठकले देश र विदेशमा घटेका समसामयिक राजनीतिक घटनाक्रमहरूको समीक्षा गरेको छ

    क) संसद विघटन
    सरकारी पार्टीको आन्तरिक झगडा, प्रतिगामी षडयन्त्र र वाह्य शक्तिहरू खास गरी इण्डो अमेरिकी निर्देशनको परिणाम संसद विघटन भएको बैठकले ठहर गरेको छ । कारण जेसुकै भएपनि यो घटना सारत : संसदीय व्यवस्थाको असफलताको द्योतक हो । संसद पुनस्थापना वा निर्वाचनले देशमा विद्यमान राजनीतिक संकटको समाधान दिन सक्दैन भन्ने करा संसद पुनस्थापना पछिपनि संसदमा घटीरहेका घटनाहरूले पुष्टि गरेको छ । संसद विघटनको घटनाले संसदवादी राजनीतिक शक्तिहरू विभाजित भइरहेकोले दलीय शक्ति सन्तुलनमा केही फेरबदल ल्याएको छ ।

    ख) मुद्दा
    सरकारी पार्टीले नेकपाको नाम संग जुदाएर पार्टी दर्ता गरेको र पार्टीले त्यसलाई बदर गर्ने माग सहित सर्वोच्च अदालतमा २०७५ मंसिरमा मुद्दा दायर गरेको थियो । अदालतले २०७७ फागुन २३ गते पार्टीको दावि सदर गरेर सरकारी पार्टीको नाम खारेज गरिदियो । यसले देशको राजनीतिमा ठुलो तरंग ल्याइदियो । सरकारी पार्टी फुट्यो । बहुमतको सरकार मिलिजुलि सरकार बन्न पुग्यो । यतिमात्र हैन नेकपाको नाममा संगठित हुनपुगेका विसर्जनवादीहरूलाई क्षतविक्षतनै बनाइदियो । सारतः यसले देशको राजनीतिक शक्तिहरूको शक्ति सन्तुलनमै उलटफेर गरिदियो । मुद्दाको केन्द्रभागमा रहेको हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टीको साख बृद्धि गरेको छ र पार्टी देश र विदेशमा समेत प्रचारित भएको छ । यो घटनाले कथित एकताको नाममा बलशाली बनेको विसर्जनवादलाई कमजोर बनाएको छ र क्रान्तिकारी कम्युनिष्टहरूमा उत्साह र एकताको भावको विकास गर्न मद्दत पुर्याएको छ । हाम्रो पक्षमा फैसलागर्ने सर्वोच्च अदालत,अधिवक्ता डा. डण्डपाणी पौडेल, अत्यन्त उच्च प्राथमिकतासाथ समाचार सम्प्रेषण गर्नुहुने आम संचार जगत लगायत हाम्रो पार्टीलाई बधाई तथा शुभकामना दिनुहुने सवै आदरणीय जनसमुदायलाई पार्टीको वैठकले धन्यवाद प्रदान गरेको छ ।
    ग) भारतीय विस्तारवादले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेत अतिक्रमण गरी उसको नक्सामा समावेस गरेको छ । नेपाली जनताको ठुलो दवाव पछी नेपाल सरकारले पनि आफ्नो नक्सामा पनि उक्त भुभाग समावेस गरको छ । तर त्यसपछी सरकार ती भूभाग फिर्ता ल्याउने कुरामा चासो नराखी आफ्नो सत्ता जोगाइदिने याचना गर्दै भारतीय विस्तावाद सामु लम्पसार परेको छ एकातिर भने अर्कोतिर आइपिएसको अङ्गको रूपमा आएको अमेरिकी परियोजना एमसीसी पास गर्न उद्दत बनेर लागिरहेको छ र नेपाललाई अमेरिकी साम्राज्यवादी क्याम्पमा धकेल्ने धृष्टता गरिरहेको छ । यी घटनाहरूले इण्डो अमेरिकी चलखेल र हस्तक्षेप बडेको मात्र छैन चीनीया चासो समेत बडाएको छ । संसदवादीहरूको लम्पसारवादी चरित्र र महाशक्तिहरूको सक्रियता र हस्तक्षेपले नेपालको स्वाधीनतामा गम्भीर आँच पु¥याएको मात्र छैन देश महाशक्तिहरूको रणनीतिक कृडास्थल बन्ने खतरातर्फ उन्मुख छ । यस्तो अवस्थामा देशको स्वाधीनताको रक्षाको प्रश्न अत्यन्त संगीन बनेको छ । बैठकले सबै देशभक्तहरूलाई देशको रक्षा गर्ने संघर्षमा एकजुटहुन आग्रह गरेको छ ।
    घ) हालै सरकार र विप्लव नेतृत्वको कम्युनिष्ट पार्टी बीच तीन बुंदे सहमती भएको छ । बैठकले यसलाई स्वागत गरेको छ । र राष्ट्रियता, जनतन्त्र र जनजीवीका जस्ता विषयहरूका निम्ति जनसंघर्षमा उत्रन रणनीतिक संयुक्त मोर्चा लगायत सबैमा बैठक आग्रह गर्दछ ।
    ङ) नेपालको कम्युनिष्ट आन्दोलन माथिअहिले विसर्जनवादले  समेत आक्रमण तीव्र वनाएका छन । तर कम्युनिष्ट क्रान्तिकारीहरु भने विभाजित अवस्थामाछन । आम जनसमुदायको यो आन्दोलन प्रतिको आस्था र सम्मानलाई समेत ध्यानमा राख्दै सवैक्रान्तिकारी कम्युनिष्टहरु  एकतावद्ध हुनु अहिलको पहिलो आवस्यकता बनेको छ । क. पुष्पलालको विचार र नेतृत्वको झण्डामुनी गोलवन्द भएर नेपाली जनक्रान्तिको कार्यभार पुरागर्न  सवै क्रान्तिकारीहरु लाई नेपाल कम्युनिष्ट पार्टीको यो वैठक विशेष आग्रह गर्दछ ।
    च) म्यानमारमा हालै निर्वाचित सरकारलाई अपदस्थ गरी सैनिक शासन लगाइएको छ । सैनिक शासनको विरोधमा उत्रेका जनसमुदायमाथि पासविक दमन गरिएको छ, बैठकले सैनिक सरकारको यस्तो दमनको घोर निन्दा र भत्र्सना गरेको छ । तत्काल नागरिक अधिकार वहाल गर्न आग्रह गरेकोछ ।
    छ) हालै अमेरिकामा भएको निर्वाचनमा डेमोक्य्राटिक वाइडेनको विजयले चीन लगायत एसियाली देशहरूमा बडीरहेको अमेरिकी हस्तक्षेपको कारण बडिरहेको तनाव घट्ने अपेक्ष गरिएको भए पनि यसमा तात्विक फरक देखिदैन । यसबाट अमेरिकी हस्पक्षेपकारी नीतिमा परिवर्तनको खासै संकेत देखिदैन ।
    २) पार्टी सम्मेलन सम्बन्धमा
    क) गत चैत्र २७ देखि ३० सम्म निर्धारण गरिएको पार्टीको राष्ट्रिय सम्मेलन कोभिटको कारणले स्थगन भएको थियो । यसरी स्थगित गरिएको पार्टीको सम्मेलन आगामी भाद्र ३० गते देखि गर्ने पस्ताव सम्मेलन आयोजक समितिको बैठकमा लैजाने ।



    ख) राष्ट्रिय सम्मेलन तयारिका आवश्यक योजनाहरू तयार गर्न सम्मेलन आयोजक समितिको बैठक यही २०७८ बैशाख २२ देखि २४ रूपन्देहीमा गर्ने ।



    ग) सबै जनवर्गीय संगठनहरूले आआफ्नो सम्मेलन भेला आदि श्रावण मसान्त सम्म गर्ने ।

    घ) सबै जिल्ला समितिहरूले पार्टी सदस्यता अद्यावधिक, नवीकरण, सम्मेलन भेला श्रावण मसान्तसम्म गर्ने ।

    ङ) पेटोलियम लगायत खाद्यबस्तुमा मुल्य बृद्धिको बिरोध गर्दै तत्काल मुल्य बृद्धि रोक्न बैठक जोडदार माग गर्दछ ।

    च) सम्मेलन आयोजक समितिका सदस्य कमरेड जावेद शाहको निधन प्रति बैठकले गहिरो शोक प्रस्ताव पारित गरेको छ ।

    छ) बर्षै देखि आफ्नो उत्पादन उखुको मुल्य नपाएर काठमाडौंमा आन्दोलन गरिरहेका सर्लाहीका उखु किसानको निधन प्रति बैठकले गहिरो शोक व्यक्त गरेको छ र सरकारको यस्ता प्रकारका गैर जिम्वेवारीपूर्ण कार्यको घोर भत्र्सना गरेकोे छ । बिज्ञप्तिमा उल्लेख गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार