Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • युवतीलाई भिजिट भिसामा विदेश पठाएर अलपत्र पारी फरार राई सीआईबीको फन्दामा

    युवतीलाई भिजिट भिसामा विदेश पठाएर अलपत्र पारी फरार राई सीआईबीको फन्दामा

    अनलाइन नेपाल
  • शुक्रबार, २७ चैत्र २०७७
  • 2.7K
    SHARES

    काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो(सीआईबी)ले मानव बेचबिखन तथा ओसारपसार एवं संगठित अपराध मुद्दामा फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा काठमाडौं गोकर्णेश्वर नगरपालिका-९ जोरपाटी बस्ने झापा कन्काई नगरपालिका-५ घर भएका ३८ वर्षीय राजन भन्ने जगत बहादुर राई रहेका छन्।



    राईलाई बिहीबार साँझ सीआईबीको टोलीले  पक्राउ गरेको डीआईजी सहकुल थापाले जानकारी दिए।     



    गत वर्ष (२०७६ चैत २ गते)  उच्च अदालत पाटनको फैसलाले उक्त मुद्दामा १० वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई महाराजगन्जबाट खटिएको सीआईबीको टोलीले  काठमाडौं महानगरपालिका-९ तिलगंगाबाट पक्राउ गरेको हो । 

    जगत बहादुर समेतले खाडी मुलुक ओमानमा घरेलु कामदारको रुपमा रोजगारी दिलाउने प्रलोभन पारी विना श्रम स्वीकृती गैह्रकानुनी तरिकाले २०७३ फागुन १३ मा पीडितबाट ३ लाख ५० हजार रकम लिई भिजिट भिसामा यूएईको दुबई पठाएका थिए। 

    पीडितको आफन्तले ओमानको सिमावर्ती क्षेत्रमा पीडितलाई बन्धक बनाई शारीरिक, मानसिक र आर्थिक यातना दिई शोषण गरिराखेको भन्ने उजुरी दिएपछि सीआईबी  र दुबईस्थित नेपाली राजदुतावास समेतको सहयोग र सहकार्यमा  पीडितलाई उद्दार गरिएको थियो । 

    राईलाई जिल्ला अदालत काठमाडौंको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजारमा पठाईएको उक्त सीआईबीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार