Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • ललिता निवास प्रकरण

    गच्छदारले स्थायी ठेगानामा म्याद नबुझेपछि काठमाडौंस्थित ठेगानामा म्याद जारी

    गच्छदारले स्थायी ठेगानामा म्याद नबुझेपछि काठमाडौंस्थित ठेगानामा म्याद जारी

    अनलाइन नेपाल
  • शनिबार, २८ चैत्र २०७७
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । विशेष अदालतले ललिता निवास प्रकरणमा मुछिएका कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई काठमाडौंस्थित ठेगानामा म्याद तामेल गर्न आदेश दिएको छ ।

    ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्न भूमिका निर्वाह गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेषमा दायर गरेको मुद्दाका लागि गच्छदारको स्थायी ठेगानामा म्याद तामेल भए पनि उनले बुझेका थिएनन् ।



    स्थायी ठेगानामा पठाएको म्याद नबुझेपछि अदालतले उनको काठमाडौंस्थित निवासमा म्याद तामेल गर्न आदेश दिएको हो ।



    मुद्दा दायर भएपछि १४ महिना नाघ्दासमेत उनी अदालतमा उपस्थित नभएको र म्याद बुझ्नै नमानेपछि अदालतका कर्मचारीले २३ फागुनमा उनको स्थायी वतन सुनसरीस्थित घरमै पुगेर एक महिनाभित्र उपस्थित हुने म्याद टाँसेका थिए ।

    तर, यस अवधिमा पनि उनी अदालत नपुगेपछि विशेष अदालतबाट गच्छदारको काठमाडौंस्थित घरमा म्याद टाँस्ने आदेश भएको हो ।

    शुक्रबार विशेषका अध्यक्ष प्रेमराज कार्की र बालेन्द्र रूपाखेतीको इजलासले काठमाडौंस्थित ठेगानामा म्याद तामेल गर्न आदेश दिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार