Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • पत्रकार महासंघ निर्वाचनः विपुल पोखरेल प्यानल अगाडि (५५ जिल्लाको मत परिणामसहित)

    पत्रकार महासंघ निर्वाचनः विपुल पोखरेल प्यानल अगाडि (५५ जिल्लाको मत परिणामसहित)

    अनलाइन नेपाल
  • शनिबार, २८ चैत्र २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । नयाँ नेतृत्व चयनका लागि बुधबार सम्पन्न नेपाल पत्रकार महासंघको मतगणना अझै जारी छ।

    हालसम्म ५५ जिल्ला र प्रतिष्ठान प्रदेशको मतपरिणाम सार्वजनिक भएको छ । अहिलेसम्ममा प्रेस युनियन, प्रेस संगठन सहितको लोकतान्त्रिक गठबन्धनबाट केन्द्रीय अध्यक्षका उम्मेदवार विपुल पोखरेल २ हजार मतले अगाडि छन् ।



    पोखरेल ४ हजार ४ सय ४६ मत ल्याउँदा प्रेस चौतारी सहितको गठबन्धनबाट अध्यक्षकी उम्मेदवार निर्मला शर्माले २ हजार ५ सय ३० मत पाएकी छन् । वरिष्ठ उपाध्यक्षका उम्मेदवार रमेश विष्टले ४ हजार २ सय ७३ मत पाउँदा माधव नेपालले २ हजार ४ सय ३० मत ल्याएका छन्।



    महिला उपाध्यक्षका उम्मेदवार बाला अधिकारीले ४ हजार ६ सय १५ मत प्राप्त गर्दा दाना केसीले २ हजार २ सय ३८ मत ल्याएकी छन्।

    समावेशीतर्फ पनि पोखरेल प्यानलकै उम्मेदवार अगाडि छन्। उदय जीएमले ३ हजार ८ सय ९१ मत र अवधेश झाले २ हजार ३ सय ६७ मत ल्याएका छन् ।

    महासचिवका उम्मेदवार रोशन पुरीले ३ हजार ९ सय ८० मत पाउँदा प्रतिस्पर्धी बालकृष्ण बस्नेतले २ हजार ४ सय ९ मत ल्याएका छन्। खुला सचिवतर्फ गोविन्दप्रसाद चौलागाईले ३ हजार ९ सय १५ प्राप्त गर्दा रामकृष्ण ज्ञवालीले १ हजार ९ सय ३४ मत पाएका छन् ।

    महिला सचिवतर्फ पनि अहिलेसम्म पोखरेल प्यानलकै सिर्जना अर्याल अगाडि छिन्। उनले ४ हजार १ सय ५३ मत पाउँदा प्रतिस्पर्धी निमा काफ्लेको २ हजार ६ सय ७ मत ल्याएकी छन्।

    यसैगरी आदिवासी जनजातितर्फ सचिवमा नारायण सुन्दर किलम्बुले अहिलेसम्म ४ हजार १० मत पाएका छन् भने प्रतिस्पर्धी शाहीमान राईले २ हजार १ सय ७० मत ल्याएका छन्।

    सचिव मधेसीतर्फ दीपेन्द्र चौहानले ३ हजार ६ सय ८९ र स्वेता सिन्हाले २ हजार ८ सय ७, दलित सचिवतर्फ हेमकर्ण विकले ३ हजार ९ सय ३३ र मधु शाहीले २ हजार ८ सय ५९ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।

    एसोसिएटतर्फ सचिवमा गठबन्धनका पवन आचार्यले ३ हजार ७ सय ८ मत पाउँदा चौतारीका रामेश्वर कार्कीले १ हजार ८ सय २० मत पाएका छन्। कोषाध्यक्ष उम्मेदवार कलेन्द्र सेजुवालले ३ हजार ७ सय ५८ मतसहित अग्रता लिएका छन् भने प्रतिस्पर्धी कृष्ण गिरीले २ हजार ३८ मत पाएका छन्।

    लेखा समिति संयोजकमा गठबन्धनका लेखनाथ न्यौपानेले ३ हजार ६ सय २३ मत पाएका छन् भने द्वारिकाप्रसाद काफ्लेको २ हजार ५८ मत ल्याएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार