Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • एक/दुई दिनभित्रै केपी ओली नेतृत्वको सरकार ढल्छ : प्रचण्ड

    एक/दुई दिनभित्रै केपी ओली नेतृत्वको सरकार ढल्छ : प्रचण्ड

    अनलाइन नेपाल
  • शनिबार, २८ चैत्र २०७७
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केहीदिनभित्रै वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने दाबी गरेका छन् ।

    नेपाल राष्ट्रिय कर्मचारी संगठनको चौथो केन्द्रीय परिषद् बैठकमा बोल्दै अध्यक्ष दाहालले केहीदिनभित्रै नयाँ सरकार गठन हुने बताएका हुन् ।



    कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको तीन दलको बैठकको भोलीपल्ट अर्थात आजै अध्यक्ष दाहालले परिस्थिति असहज भएपनि नयाँ सरकार गठन गरेर अगाडि बढ्ने वातावरण बनिरहेको दबवी गरेका हुन् ।



    अध्यक्ष दाहालले भने–‘नयाँ सरकारको गठनमा छौं । केही दिनभित्र नयाँ सरकार गठन हुन्छ । कालो बादल हट्छ भन्नेमा म आशावादी छु । त्यो प्रयासमा हामी निरन्तर प्रयासरत छौं ।’

    कांग्रेस सभापति शेरबहादुर देउवाले हिजो (शुक्रबार) सरकार गठनका विषयमा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का नेताहरूलाई बोलाएर छलफल गरेका थिए ।

    एमाले र माओवादी केन्द्र ब्युँताएकोमा आपत्ति जनाउँदै अध्यक्ष दाहालले भने–‘विचार, धारणा मिलेकालाई जबरजस्ती डिभोर्स गरिएको छ, त्यसलाई पुनर्मिलन गराउन चाहन्छौं । नयाँ सरकार गठन गरेर त्यो सरकारमार्फत यसबीचमा भएका ज्यादतीलाई सच्याउन चाहन्छौं ।’

    केपी शर्मा ओली नेतृत्वको सरकारले संविधान र नियमा विपरीत काम गरिरहेको भन्दै उनले सरकारले राज्यका सबै अंगमा कब्जा जमाएर मुलुकमा अन्यौल र सन्त्रासको अवस्था आएको बताए ।

    तीन राजनीतिक दलहरूबीचको बैठकमा नेताहरूबीच ओलीले त्यस्ता काम गरेको र त्यसलाई रोक्ने विषयमा समझदारी बनेको समेत उनको दावी थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार