Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • प्रचण्डलाई ‘सिसिमा औषधि बेच्ने’ भन्दै ओलीले गरे व्यङ्ग्य, सरकार ढाल्ने खेल असफल पार्ने चेतावनी

    प्रचण्डलाई ‘सिसिमा औषधि बेच्ने’ भन्दै ओलीले गरे व्यङ्ग्य, सरकार ढाल्ने खेल असफल पार्ने चेतावनी

    अनलाइन नेपाल
  • शनिबार, २८ चैत्र २०७७
  • 2.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अस्थिरता ल्याउन खोज्नेहरुले संसदीय अंकगणितलाई व्यक्तिगत स्वार्थका लागि दुरुपयोग गर्ने प्रयास गरिरहेको आरोप लगाएका छन्  । प्रधानमन्त्री ओलीले सरकार ढाल्ने खेललाई असफल पार्ने चेतावनी समेत दिए।

    शनिबार नेपाल उद्योग वाणिज्य महासंघको ५५ औ बार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकास विरोधीहरु सरकार परिर्वतनको खेलमा लागेको आरोप लगाए।



    प्रधानमन्त्री  ओलीनले संसदीय अंकगणितलाई दुरुपयोग गर्ने ‘सकुनीका गोटी’ नै आफुले फ्याकिदिने चेतावनी समेत दिए।



    ओलीले सकुनीका गोटी नै फ्याँक्न आफु एक्लै पर्याप्त भएको समेत वताए ।

    ओलीले उद्योगीहरुलाई निर्धक्क भएर आफ्ना उद्योग संचालन गर्न आह्वान पनि गरे । राजनीतिमा देखिएका समस्याहरुलाई आफूले ठेगान लगाइदिने समेत उनले बताए।

    पाण्डव र रामको दृष्टान्त दिँदै ओलीले केही महिनालाई तलमाथि परिहाल्यो भने पनि आफु १८ महिना पछि फेरि पनि सत्ताको नेतृत्वमा आईपुग्ने दाबी गरे।

    सम्मृद्ध नेपाल निर्माणको उद्देश्यसाथ अघि बढेका र सिसिमा औषधी बेच्नेबिचको भेद खुट्याउनुपर्ने भन्दै उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई व्यङ्ग्य गरे।

    ओलीले प्रचण्डप्रति संकेत गर्दै भने , ‘देश बनाउने संकल्प र अठोट लिएको र एउटा सिसिमा औषधि बेच्नेका बीचको भेद, एउटा अर्थपुर्ण कुरा र विज्ञापनलाई एट्रक्याटिभ बनाउनका लागि गरिएको प्रचारका बीचमा भेद जनताले पाउँदैनौ भने अनि देश अलमलमा पर्छ। ‘

    उनले उद्योग व्यवसाय विस्तार र विकासमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको भन्दै सरकारलाई बुँदागत रुपमा सुझाव दिन आग्रह गरे।

    प्रधानमन्त्री  ओलीले कोरोना भाइरस पुनः देखा परेकोमा गम्भीर चिन्ता व्यक्त गर्दै  सबैलाई सचेत रहन तथा सावधानी अपनाउन आग्रह गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार