Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • ला लिगा : बार्सिलोनालाई पराजित गर्दै रियल शीर्ष स्थानमा उक्लियो

    ला लिगा : बार्सिलोनालाई पराजित गर्दै रियल शीर्ष स्थानमा उक्लियो

    अनलाइन नेपाल
  • आइतबार, २९ चैत्र २०७७
  • 2.1K
    SHARES

    एजेन्सी । स्पेनिस ला लिगा फुटबमा साविकको विजेता रियल म्याड्रिड शीर्ष स्थानमा उक्लिएको छ ।

    शनिबार राति घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनामाथि २-१ गोलको रोमान्चक जित निकाल्दै म्याड्रिड शीर्ष स्थानमा उक्लिएको हो ।



    १० खेलाडीमा समेटिएको रियललाई जित दिलाउन करिम बेन्जिमा र टोनी क्रुसले समान एक एक गोल गरे । भने बार्सिलोनाका लागि ओस्कार मिन्गुएजाले एक गोल फर्काए ।



    रियललाई खेलको १३ औं मिनेटमा बेन्जिमाले गोल गर्दै अग्रता दिलाएका थिए । त्यस्तै, खेलको २८ औं मिनेटमा क्रुसले गोल गर्दै रियललाई २-0 को अग्रता दिलाए ।

    खेलको ६० औं मिनेटमा ओस्कारले एक गोल फर्काएपनि बार्सिलोना २-१ ले पराजित भयो ।

    यस्तै खेलको इन्जुरी समय रियलका कस्मिरोले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि रियल १० खेलाडीमा समेटिएको थियो ।

    जितसँगै रियलले ३० खेलमा ६६ अंक जोडेको छ । बार्सिलोना ६५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार