Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • माओवादीद्वारा प्रदेश २ का ४ सांसदलाई पनि बर्खास्त

    माओवादीद्वारा प्रदेश २ का ४ सांसदलाई पनि बर्खास्त

    अनलाइन नेपाल
  • सोमबार, ३० चैत्र २०७७
  • 2.1K
    SHARES

    जनकपुर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले साबिकको नेकपा विभाजनलगत्तै नेकपा एमालेमा प्रवेश गरेका चार जना प्रदेश सांसदलाई बर्खास्त गरेको छ ।

    बर्खास्तमा प्रदेश २ का सांसद रामचन्द्र मण्डल, ज्वालाकुमारी साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समिर रहेका छन्।



    पार्टीले उनीहरु चारै जनालाई सांसदबाट बर्खास्त गरिएको पत्र प्रदेशसभा सचिवालयमा बुझाएको हो ।



    चारैजना सांसदलाई बर्खास्त गरिएको पत्र सभामुख सरोज यादवलाई बुझाएका छौं माओवादी केन्द्रका सचेतक दिलीप साहले भने जानकारी दिए ।

    यसअघि शुक्रबार माओवादी केन्द्रको केन्द्रीय समितीले चारैजना सांसदलाई सोधेका २४ घण्टे स्पष्टीकरणको जवाफ नदिएपछि आइतबार उनीहरुलाई बर्खास्त गर्ने निर्णय भएको साहले जानकारी दिए ।

    प्रदेश २ मा माओवादी केन्द्रका ११ जना सांसद थिए । जसमा ओलीतिर लागेका कारण ४ जना बर्खास्त गरिएपछि अब ७ जना सांसद मात्रै हुनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार