Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • तिरुपतिलाई साढे छ करोड जरिवाना

    तिरुपतिलाई साढे छ करोड जरिवाना

    अनलाइन नेपाल
  • सोमबार, ३० चैत्र २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । सुख्खा बन्दगाह भन्सार सिर्सियाले तिरुपति ग्लास कम्पनीलाई ६ करोड ५३ लाख रुपैयाँ जरिबाना गरेको छ ।

    कम्पनीले घोषणा गरेको भन्दा बढी परिमाण र मोटाइको सिसा आयात गरेर कर छली गरेको पुष्टि भएपछि तिरुपति ग्लासलाई उक्त रकम जरिबाना तिराएको सुख्खा बन्दरगाह भन्सार कार्यालयले जनाएको छ ।



    कम्पनीलाई भन्सार ऐनअनुसार पाँच सय प्रतिशत जरिवाना गरिएको स्रोतले बताएको छ । र



    बी अग्रवालले तिरुपति ग्लास उद्योगको नाममा आयात गरेको उक्त टफन सिसाको प्रकार र परिमाण भन्सार घोषणामा झुक्याउन खोजिएको भन्सार कार्यालयले जनाएको छ ।

    भन्सार घोषणामा चार एमएम भनिएको ग्लास छड्के जाँचको क्रममा पाँच एमएमको भेटिएको थियो भने घोषणामा ११ हजार १६ स्क्वायर मिटर भनिएको सिसाको परिमाण १७ हजार ५०३ स्कवायर मिटर पाइएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार