Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • दोलखामा जिप दुर्घटना : चारको मृत्यु, १७ घाइते

    दोलखामा जिप दुर्घटना : चारको मृत्यु, १७ घाइते

    अनलाइन नेपाल
  • मंगलबार, ३१ चैत्र २०७७
  • 3.4K
    SHARES

    फाइल फोटो

    दोलखा। बिगु गाउँपालिका–४, सिँगटीमा गएराति चरिकोटबाट लादुक जाँदै गरेको प्रदेश–३–०१–०२३च ७५८० नम्बरको टाटा पिकअप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर १७ जना घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको दोलखाका डिएसपी भेषराज रिजालले बताए ।



    मृत्यु हुनेमा बिगु–३ घर भएका ३५ बर्षिय विनोद केसी, ४५ वर्षीया अजिता खत्री, ५२ वर्षीय राधा खड्का र २४ वर्षीय चण्डिका थापा छन् ।



    दुर्घटनापछि निमित्त प्रमुख जिल्ला अधिकारी बद्री तिवारी र डिएसपी रिजाल घटनास्थलमा पुगेका थिए ।

    घाइतेमध्ये १० जनालाई काठमाडौं पठाइएको र ७ जनाको जिल्ला अस्पताल चरिकोटमा उपचार भइरहेको डिएसपी रिजालले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार