Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • बलात्कारको झुटो आरोप लगाउने युवतीलाई कैद सजाय हुने

    बलात्कारको झुटो आरोप लगाउने युवतीलाई कैद सजाय हुने

    अनलाइन नेपाल
  • मंगलबार, ३१ चैत्र २०७७
  • 2.1K
    SHARES

    दाङ्ग । आफूमाथि सामूहिक बलात्कार भएको दावी गर्दै प्रहरीमा उजुरी गरेकी युवती उल्टो आफै कैदमा परेकी छिन्।

    युवतीले प्रहरीमा दिएको उजुरी र अदालतमा दिएको बयान फेरेपछि उल्टै कैदमा परेकी हुन्।



    गत असोज ९ गते जिल्ला प्रहरी कार्यालयमा घोराहीका तीनजना युवाहरुले आफूहरुमाथि सामूहिक बलात्कार गरेको भन्दै एक बालिका र युवतीले उजुरी गरेका थिए ।



    उजुरीपश्चात् उक्त मुद्धा अदालतमा पुगेको थियो।

    गत फागुन ४ गतेको बकपत्रमा बलात्कार नभई उनीहरुलाई दुःख दिन उजुरी हालेको भन्दै बयान फेरेपछि जिल्ला अदालत दाङ देउखुरीका न्यायाधीश रितेन्द्र थापाको इजलाशले बयान फेर्नेलाई उल्टै कैद गर्ने फैसला गरेको हो ।

    जिल्ला अदालतका स्रेस्तेदार धनसिंह गिरिका अनुसार गत चैत २३ गते बसेको न्यायाधीश थापाको इजलाशले झुट्टा मुद्धा हालेर अदालतको समय बर्बाद गर्ने र राज्यको जनशक्ति र स्रोतमा क्षती पुर्‍याएको ठहर गर्दै उनीहरुलाई कैद सजाय तोकेको हो।

    तर, एक नाबालिग भएकाले बालिकालाई छोडिएको र जाहेरवाली अर्की युवतीलाई भने एक महिना कैद र ती युवतीबाटै बलात्कारको आरोप लागेका तीनजना युवाहरुलाई क्षतिपूर्तिस्वरुप जनही २५/२५ हजार उपलब्ध गराउने फैसला गरेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार