Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • गोरखामा ट्याक्टरले ठक्कर दिँदा बालकको मृत्यु

    गोरखामा ट्याक्टरले ठक्कर दिँदा बालकको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, ३१ चैत्र २०७७
  • 1.8K
    SHARES

    फाइल फोटो

    गोरखा। जिल्लाको शहीद लखन गाउँपालिका–९ नाम्जुङमा आज ट्याक्टरले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा सरस्वती आधारभूत विद्यालयको कक्षा ७ मा अध्ययनरत १३ वर्षीय विवश ढकाल रहेको वडाध्यक्ष रामप्रसाद लामिछानेले बताए ।



    घैरुङबाट नाम्जुङतर्फ जाँदै गरेको ग१त ४५८२ नंको ट्याक्टरले छेलाङे चोक नजिकै बिहानी कक्षा पढेर घर फर्कँदै गरेका बालक ढकाललाई ठक्कर दिँदा उनको मृत्यु भएको विद्यालयका प्रधानाध्यापक ऋषि लामिछानेले जानकारी दिए ।



    घटनास्थल विद्यालयबाट करिब १०० मिटरको दूरीमा रहेको उनको भनाइ छ ।

    घटनाको जानकारी पाएलगत्तै बुङ्गकोट प्रहरी चौकीबाट गएको प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको जनाएको छ।

    घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार