Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • ईन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका पुरी यूएईबाट पक्राउ

    ईन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका पुरी यूएईबाट पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ३१ चैत्र २०७७
  • 3.4K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीले ईन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त तेह्रथुम आठराई गाउँपालिका–४ तीनसल्ले ठेगाना भएका काजीमान पुरीलाई पक्राउ गरेको छ ।

    कर्तव्य ज्यान मुद्दामा संलग्न रही फरार रहेका काजीमानलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास गर्नको लागि नेपाल प्रहरीको नेसनल सेन्ट्रल ब्यूरो काठमाडौंको अनुरोधमा ईन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएको थियो ।



    त्यसपश्चात उनको खोजी गर्ने क्रममा ईन्टरपोल आवुदावी यूएईको समन्वयमा प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाबाट खटिएको प्रहरीले उनलाई यूएईबाट पक्राउ गरेको हो ।



    पक्राउ परेका पुरीलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय तेह्रथुम पठाइएको प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार