Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • नेपाल पक्षको देशदौड जारी, रुपन्देहीमा समानान्तर कमिटी घोषणा

    नेपाल पक्षको देशदौड जारी, रुपन्देहीमा समानान्तर कमिटी घोषणा

    अनलाइन नेपाल
  • मंगलबार, ३१ चैत्र २०७७
  • 3.5K
    SHARES

    बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको माधव नेपाल पक्षले रुपन्देहीमा समानान्तर कमिटी घोषणा गरेको छ ।

    देशभर समानान्तर कमिटी घोषणा गर्ने लक्षसहित देशदौड अभियानमा रहेको नेपाल पक्षले आज कमिटी घोषणा गरेको हो।



    जिल्लामा राजु गुरुङको अध्यक्षतामा २ सय ५ सदस्यीय कमिटीको घोषणा गरिएको पार्टीका उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए।



    त्यस्तै कमिटीको उपाध्यक्षमा पुरुषोत्तम घिमिरे, सचिवमा जागेश्वरीदेवी चौधरी र उपसचिवमा सिद्धिचरण भट्टराईलाई चयन गरिएको छ।

    बागमती प्रदेशका जिल्लाहरुदेखि सुरु भएको कमिटी अभियान पूर्वका केही र तराईका जिल्लाहरुमा सक्किसकेको छ भने सुदुरपक्षिम प्रदेशका जिल्लाहरुमा यसअघि नै पार्टीका नेता भीम रावलले घोषणा गरिसकेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार