Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • देउवालाई भेट्न बूढानीलकण्ठ पुगे भट्टराई र यादव

    देउवालाई भेट्न बूढानीलकण्ठ पुगे भट्टराई र यादव

    अनलाइन नेपाल
  • मंगलबार, ३१ चैत्र २०७७
  • 3.4K
    SHARES

    काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाल काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।

    आज दिउँसो सम्पन्न जसपा पदाधिकारीको बैठकपश्चात् अध्यक्षद्वय बाबुराम र उपेन्द्र देउवासँग भेट गर्न निवास बूढानीलकण्ठ पुगेका हुन्।



    यसअघि गत शुक्रबार सभापति देउवाले तीनदल काँग्रेस, माओवादी र जसपाबीच संयुक्त बैठक राखेका थिए । तर, उक्त बैठकमा देउवाले राखेको प्रस्तावमा
    माओवादीले स्वागत गरे पनि जसपाले भने समय मागेको थियो ।



    शुक्रबार देउवाले काँग्रेसको नेतृत्व नयाँ सरकार निर्माणका लागि माओवादी र जसपासामु प्रस्ताव राखेका थिए ।

    आजको भेटवार्तामा सत्ता समीकरणमा विषयमा छलफल भएको बताईएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार