Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • ट्याक्टरको ठक्करबाट अढाई वर्षीय बालकको मृत्यु

    ट्याक्टरको ठक्करबाट अढाई वर्षीय बालकको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, १ बैशाख २०७८
  • 2.9K
    SHARES

    फाइल फोटो

    सिरहा। जिल्लाको लहान–ठाडी सडकखण्डमा लहान नगरपालिका–१९ मा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

    उत्तरतर्फबाट दक्षिणतर्फ आउँदै गरेको स१त ६२७९ नम्बरको ट्याक्टरले ठक्कर दिँदा लहान नगरपालिका–१९ निवासी अजय यादवका अढाई वर्षीय छोरा आशिक यादवको मृत्यु भएको हो ।



    आफ्नै घर अगाडि खेलिरहेका बालकलाई ट्याक्टरले ठक्कर दिएको थियो ।



    ठक्करबाट गम्भीर घाइते बालकलाई उपचारका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि विराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    बालकलाई ठक्कर दिने ट्याक्टर र चालकलाई प्रहरीले  पक्राउ गरेको प्रहरीको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार