Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • नयाँ बर्षको शुभकामना दिँदै बाबुरामले भने – भष्मासुर ओलीबाट सबैलाई मुक्ति मिलोस्

    नयाँ बर्षको शुभकामना दिँदै बाबुरामले भने – भष्मासुर ओलीबाट सबैलाई मुक्ति मिलोस्

    अनलाइन नेपाल
  • बुधबार, १ बैशाख २०७८
  • 2.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ बर्ष २०७८ सालको अबसरमा सबै नेपालीहरुलाई शुभकामना ब्यक्त गरेका छन्।

    भट्टराईले सामाजिक सञ्जालमार्फत् शुभकामना ब्यक्त गर्दै सबैको जीवनमा सुख,शान्ति,समृद्धिको कामना समेत गरेका छन्।



    उनले लेखेका छन्, ‘बि. सं. नयाॅ बर्ष २०७८ ले कोभिड-१९ र आधुनिक भष्मासुरबाट सबैलाई मुक्ति देओस् ! सबैको जीवनमा सुख,शान्ति,समृद्धि छाओस् ! हार्दिक शुभकामना !’



    स्मरण रहोस् भट्टराईले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भष्मासुरसँग तुलना गर्दै आइरहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार