Online Nepal
  • शनिबार, १० साउन २०८२
  • नयाँ बर्षको सुरुवातसँगै बढ्यो सुनको मूल्य

    नयाँ बर्षको सुरुवातसँगै बढ्यो सुनको मूल्य

    अनलाइन नेपाल
  • बिहिबार, २ बैशाख २०७८
  • 3.8K
    SHARES

    फाइल फाेटाे

    काठमाडौँ। नयाँ वर्ष २०७८ को सुरुवातसँगै नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

    गत वर्षको अन्तिम कारोबारका दिन मंगलबार अधिकतम ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य नयाँ वर्षको दोस्रो दिन अर्थात् बिहीबार तोलामा ३०० रुपैयाँले वृद्धि भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।



    बिहीबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार ८०० र तेजाबी सुनको मूल्य ८९ हजार ३५० रुपैयाँ कायम भएको छ।

    यस्तै, चाँदीको मूल्य पनि गत मंगलबारको तुलनामा प्रतितोला ३० रुपैयाँले वृद्धि भएको छ भने योसंगै आजका लागि चाँदीको मूल्य प्रतितोला एक हजार २९० रुपैयाँ तोकिएको महासंघले जनाएको छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार