Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • अज्ञात समूहद्वारा सांसद रावलको घरमा ढुंगा प्रहार, प्रहरीको १०० मा फोनै उठेन !

    अज्ञात समूहद्वारा सांसद रावलको घरमा ढुंगा प्रहार, प्रहरीको १०० मा फोनै उठेन !

    अनलाइन नेपाल
  • बिहिबार, २ बैशाख २०७८
  • 2.3K
    SHARES

    काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले माधव नेपाल पक्षका नेता एवं प्रतिनिधिसभाका सांसद झपटबहादुर रावलले आफू बसेको घरमा अज्ञात समूहद्वारा ढुंगा प्रहार भएको र सुरक्षा निकायलाई बोलाउँदा नआएको बताएका छन्।

    आज प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद रावलले आफू बसेको घरमा बुधबार राति पटकपटक ढुंगा प्रहार भएको र सुरक्षा निकायलाई बोलाउँदा नआएको भन्दै गृहमन्त्री रामबहादुर थापा र गृहसचिव महेश्वर न्यौपानेलाई घटनाबारे जानकारी गराएका हुन्।



    बैठकमा सांसद रावलले घटनाबारे भने, ‘म बसेको शान्तिनगरस्थित घरमा गएराति ५-१० मिनेटको अन्तरालमा पटकपटक ढुंगा प्रहार भयो । सुरक्षाकर्मी बोलाउन भनेर १०० मा फोन गर्दा उठेन !’



    राज्यव्यवस्था तथा सुशासन समिति सदस्य समेत रहेका रावलले कोटेश्वर प्रहरी कार्यालयमा फोन गर्दा पनि नउठेको र अन्तिममा हनुमानढोका प्रहरीलाई फोन गर्दा मात्रै उठेको बताउँदै फोन गर्दा नउठ्ने र नलाग्ने अनि दुर्घटना भइसकेपछि प्रहरी आउनुको कुनै अर्थ नभएको प्रस्ट्याए।

    रावलले गृहका अधिकारीलाई घटनाबारे छानबिन गर्न आग्रह गर्दै प्रहरीले राति फोन नउठाउने विषयलाई पनि गम्भीरतापूर्वक लिन आग्रह गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार