Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • मुख्यमन्त्री गुरुङको पद धरापमा, अविश्वासको प्रस्ताव दर्ता (पत्रसहित)

    मुख्यमन्त्री गुरुङको पद धरापमा, अविश्वासको प्रस्ताव दर्ता (पत्रसहित)

    अनलाइन नेपाल
  • बिहिबार, २ बैशाख २०७८
  • 3.5K
    SHARES

    कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ।

    विपक्षी दलहरूले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि प्रदेश सरकारले मध्यरातमा प्रदेशसभा अधिवेशन अन्त्य गरेको थियो । अधिवेशन अन्त्यका बबजुद नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन् ।



    अविश्वासको प्रस्तावसहित व्यवस्थाअनुसार मुख्यमन्त्री पदका लागि कृष्णचन्द्र नेपालीलाई प्रस्ताव गरिएको छ।



    अविश्वासको प्रस्तावमा कांग्रेस, माओवादी र जसपाका २८ जना सांसदको हस्ताक्षर रहेको छ ।

    राष्ट्रिय जनमोर्चाका सांसदले भने हस्ताक्षर गरेका छैनन् । अविस्वासको प्रस्ताव दर्ता भएसँगै मुख्यमन्त्रीको पद धरापमा परेको छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार