Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • २३ किलो लागुऔषधसहित ३ जना पक्राउ

    २३ किलो लागुऔषधसहित ३ जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २ बैशाख २०७८
  • 3.8K
    SHARES

    मकवानपुर। जिल्लाको अस्थायी प्रहरी पोष्ट थानाभर्‍याङको टोलीले २३ किलो लागुऔषध गाँजासहित ३ जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा अटोचालक मकवानपुर जिल्ला हे.उ.म.न.पा. ११ बस्ने ४०बर्षीय चतुरमान मोक्तान, अटोमा सवार सोही जिल्ला राक्सिराङ गा.पा १ बस्ने ४७ बर्षीय निर्मला तामाङ र ४७ बर्षीय मायाँ तामाङ रहेका छन्।



    बुधबार प्रहरी सहायक निरीक्षक (असई) सुबोध ठाकुरको नेतृत्वमा खटिएको थानाभर्‍याङको टोलीले पूर्वपश्चिम सडकखण्डमा ना १ ह ९०९९ नं को अटोलाई रोकेर चेकजाँच गर्दा अटोमा लुकाएर ल्याउँदै गरेको २ वटा पोकामा २३ किलो लागुऔषध फेला पारेको हो।



    उक्त घटनाको बिषयमा जिल्ला अदालत मकवानपुरबाट लागुऔषध मुद्धामा म्याद अनुमती लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार