Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • कोरोना संक्रमण बढ्न थालेपछि दिल्लीमा कर्फ्यू घोषणा

    कोरोना संक्रमण बढ्न थालेपछि दिल्लीमा कर्फ्यू घोषणा

    अनलाइन नेपाल
  • बिहिबार, २ बैशाख २०७८
  • 2.3K
    SHARES

    काठमाडौं । कोरोना भाइरस संक्रमण बढ्न थालेपछि भारतको राजधानी नयाँ दिल्लीमा कर्फ्यू घोषणा भएको छ ।

    दिल्ली सरकारका मुख्यमन्त्री अरविन्द केजरीवालले शुक्रवारदेखि सोमवारसम्म कफ्र्यु घोषणा गरेका हुन । कर्फ्यू शुक्रवार रााति १० बजेबाट लागु हुने बताइएको छ ।



    बिहीबार एक प्रेस सम्मेलनमा उनले भने, ‘दिल्लीमा कोरोनाको चौथो छाल एकदम गम्भीर देखिन्छ र हामीले केही कठोर निर्णय लिनुपर्दछ भन्ने कुरालाई ध्यानमा राख्दै मुद्दा लगातार बढ्दैछ।’



    मुख्यमन्त्री केजरीवालले कोभिड विरुद्ध लड्न लकडाउन सबैभन्दा उपयुक्त विकल्प रहेको बताए ।

    नयाँ भेरियन्टको कोरोना भाइरस संक्रमण नियन्त्रणबाहिर गएको उनले जनाएका छन् ।

    भारतमा कोरोना भाइरसको संक्रमण डरलाग्दो स्थितिमा पुगेको छ । संक्रमितको संख्यामा बुधबार नयाँ रेकर्ड बनेको थियो ।

    बुधबार भारतमा एकैदिन झन्डै २ लाख मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार