Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • भारतबाट फर्किएपछि पत्रकार मिश्रको कोभिडका कारण मृत्यु

    भारतबाट फर्किएपछि पत्रकार मिश्रको कोभिडका कारण मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, २ बैशाख २०७८
  • 3.4K
    SHARES

    झापा। कोरोना सङ्क्रमणका कारण पत्रकार ४८ वर्षीय कमल मिश्रको मृत्यु भएको छ ।

    उनको शुक्रराज ट्राफिल सरुवा रोग अस्पताल टेकुमा उपचारका क्रममा निधन भएको हो ।



    विर्तामोड नगरपालिका–८ निवासी पत्रकार केही समयअघि भारतको धार्मिक कार्यक्रममा गएर फर्किएका थिए । भारतबाट फर्किएलगत्तै बिरामी परेका उनीमा स्वाथ्य समस्या आएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।



    उपचारकै क्रममा उनको गए राति मृत्यु भएको हो ।

    उनी विगत दुई वर्षदेखि काठमाडौँको भक्तपुरस्थित एक धार्मिक संस्थामा बसेर अभियानकर्मीका रूपमा काम गर्दै आएका थिए । -रासस

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार