Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • गण्डकी प्रदेशसभाको विशेष अधिवेशन बोलाउन तीन दलको माग

    गण्डकी प्रदेशसभाको विशेष अधिवेशन बोलाउन तीन दलको माग

    अनलाइन नेपाल
  • बिहिबार, २ बैशाख २०७८
  • 2.5K
    SHARES

    कास्की। बुधबार राती प्रदेश प्रमुखले संसद अधिवेशन अन्त्य गरेपछि गण्डकी प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितका दलले विशेष अधिवेशन आह्वानको माग गरेका छन् ।

    आज मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले गण्डकी प्रदेश सभाको विशेष अधिवेशन बोलाउन माग गर्ने भएका हुन् ।



    दिउँसो ३ बजे प्रदेश प्रमुख अमिक शेरचनलाई भेटेर उनीहरुले प्रदेश अधिवेशन बोलाउन माग गर्न लागेको माओवादीका एक नेताले जानकारी दिए।



    यस्तै, अविश्वास प्रस्ताव दर्ता गर्नुअघि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो ।

    यद्दपि यसअघि प्रदेशमा नेपाली कांग्रेसलगायतले मुख्यमन्त्री गुरूङबिरुद्द अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि उनले प्रदेश सभाको अधिवेशन अन्त्य गरेका थिए।

    गण्डकी प्रदेशसभामा एमालेका २७, कांग्रेसका १५, माओवादीका १२, राजमोका ३ र जसपाका २ सांसद छन् ।

     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार