Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • पूर्व राजा ज्ञानेन्द्र सहभागी हरिद्वारको कुम्भमेलाका हजारौं भक्तजन सङ्क्रमित

    पूर्व राजा ज्ञानेन्द्र सहभागी हरिद्वारको कुम्भमेलाका हजारौं भक्तजन सङ्क्रमित

    अनलाइन नेपाल
  • बिहिबार, २ बैशाख २०७८
  • 3.4K
    SHARES

    काठमाडौं । भारतको हरिद्वारमा भएको कुम्भमेलामा सहभागी भएका भक्तजनहरुमध्ये एक हजारभन्दा बढी व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।

    ठूलो सङ्ख्यामा मानिसहरू भेला भएको उक्त मेलामा केही वरिष्ठ सन्तसहित एक हजारभन्दा बढी व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको बीबीसी हिन्दीले जनाएको हो।



    दुई महिनासम्म चल्ने उक्त मेलाको एउटा मुहूर्तमा मङ्गलवार ३० लाखभन्दा बढी श्रद्धालुले गङ्गास्नान गरेका थिए।



    भारतमा दैनिक कोरोनाभाइरस सङ्क्रमणको दर बढिरहेको भए पनि उक्त तीर्थस्थलमा ठूलो सङ्ख्यामा मानिसहरू भेला भएका थिए।

    स्थानीय अधिकारीहरूका अनुसार बुधवार दिउँसोसम्म नौ लाख श्रद्धालुले गङ्गास्नान गरिसकेका थिए।

    बिहीवार बिहान भारत सरकारले २४ घण्टाको अवधिमा २ लाख ७३९ कोभिड देखिएको तथ्याङ्क सार्वजनिक गरेको छ। सो अवधिमा १ हजार ३८ सङ्क्रमितको मृत्यु भएको केन्द्रीय स्वास्थ्य

    मन्त्रालयले जनाएको छ। बुधवार मात्रै १ लाख ८४ हजार ३७२ जनामा कोभिड पुष्टि भएको छ।

    महामारी फेरि उत्कर्षमा पुग्न लागेका बेला उक्त मेला आयोजना गर्न दिइएको भन्दै सरकारको आलोचना भएको छ।

    उक्त मेलामाम नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहले मङ्गलवार गङ्गास्नान गरेका थिए।

    पूर्वराजासँगै यात्रा गरिरहेका उनका सहयोगी फणिराज पाठकले भने ज्ञानेन्द्र बुधवार नै सडकमार्ग हुँदै दिल्ली फर्किएको बताएका छन्।

    पाठकका अनुसार बिहीवार पूर्वराजाको दिल्लीमा कोरोनाभाइरस परीक्षण हुनेछ। उनी आइतवार नेपाल फर्किने योजनासहित हरिद्वार जान काठमाण्डूबाट नयाँ दिल्ली उडेका थिए।

     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार