Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • माथिल्लो तामाकोशी निर्माणको ढिलासुस्ती नसहने प्रधानमन्त्री ओलीको चेतावनी

    माथिल्लो तामाकोशी निर्माणको ढिलासुस्ती नसहने प्रधानमन्त्री ओलीको चेतावनी

    अनलाइन नेपाल
  • बिहिबार, २ बैशाख २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन माथिल्लो तामाकोशी परियोजनामा अस्वभाविक ढिलाइ भएकोमा असन्तुष्टि प्रकट गर्दै अब यस्तो ढिलासुस्ती नसहने चेतावनी दिएका छन्।

    आज नापी विभागको अनलाइन सेवा तथा ‘मेरो कित्ता’ एपको सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाहरुमा यस्तो ढिलाई हुनु अस्वभाविक भएको भन्दै चेतावनी दिएका हुन्।



    ‘मैले १ वर्षदेखि एउटै कुरा सुनेको छु, एउटा सानो पाइप कि मेसिन जडान गर्नु छ, जहिले त्यहि सुनेको सुनै छु, यस्तो काममा नि ढिलाई गर्ने हो ? ओलीले  एक दिन मात्र ढिलाई गर्दा करोडौं नोक्सान हुने भन्दै अब आफूले विशेष ध्यान राख्ने बताए।



    विकास निर्माणका काममा भएका ढिलासुस्तीलाई अब अनदेखा गरेर बस्न नसकिने भन्दै प्रधानमन्त्री ओलीले भने, ‘कसैले काममा ढिलासुस्ती गर्छ भने त्यसबाट हुने क्षतिको पनि जिम्मा लिनुपर्छ ।’

    प्रधानमन्त्री ओलीले नापी विभागको आयोजनामा भूमि प्रशासन सुशासनसम्बन्धी डिजिटल सफ्टवेयरको स्वीच थिचेर एप तथा अनलाइन सेवाको सुभारम्भ गरेसँगै मेरो कित्ताको सुरुवात गरेर एउटा महत्वपूर्ण उचाइ छोएको दाबी गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार