Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • पछिल्लो २४ घण्टामा ५३४ जनामा संक्रमण पुष्टि हुँदा ५ जनाको मृत्यु

    पछिल्लो २४ घण्टामा ५३४ जनामा संक्रमण पुष्टि हुँदा ५ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, २ बैशाख २०७८
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ५३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ८२ हजार ५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका अनुसार आज थप ५ जनाको मृत्यु समेत भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ६६ पुगेको छ  ।



    त्यस्तै, पछिल्लो २४ घण्टामा १५७ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म कोरोनाबाट निको हुनेको संख्या २ लाख ७४ हजार ६०४ रहेको छ।



    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार १५२ जनाको परीक्षण गरिएको हो।

    हिजो नेपालमा ६०३ जनामा संक्रमण पुष्टि हुँदा ३ जनाको मृत्यु  भएको थियो।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार