Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • सांसद रावलको घरमा ढुंगा प्रहार गर्ने २ जना महाशाखाको फन्दामा

    सांसद रावलको घरमा ढुंगा प्रहार गर्ने २ जना महाशाखाको फन्दामा

    अनलाइन नेपाल
  • बिहिबार, २ बैशाख २०७८
  • 2.2K
    SHARES

    काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले माधव नेपाल पक्षका नेता एवं प्रतिनिधिसभाका सांसद झपटबहादुर रावलको घरमा ढुंगा हान्ने दुई जना पक्राउ परेका छन् ।

    महानगरीय प्रहरी अपराध महाशाखाले घटनामा संलग्न रहेका रामेछाप घर भई गठ्ठाघर बस्दै आएका २२ बर्षीय मनोज तामाङ र पाँचथर फिदिम घर भई हाल ललितपुर ईमाडोल बस्ने २४ बर्षीय नसिन लिम्बुलाई पक्राउ गरेको जनाएको छ।



    तामाङका अनुसार उनीहरुले रावल बसेको घर अगाडि मोटरसाइकल पार्किङ गर्दै आएका थिए तर, घरबेटीले पार्क नगर्न भनेको र बुधबार राति हावा खुस्काइदिएपछि ढुंगा हानेको तामाङले बताएको महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले जानकारी दिए ।



    सांसद रावलले आज प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा आफू बसेको घरमा बुधबार राति पटकपटक ढुंगा प्रहार भएको र सुरक्षा निकायलाई फोन गर्दा फोनसमेत नउठेको भन्दै गृहमन्त्री रामबहादुर थापा र गृहसचिव महेश्वर न्यौपानेलाई घटनाबारे जानकारी गराएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार