Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

ओलीलाई प्रधानमन्त्रीबाट नहटाएसम्म देशले मुक्ति नपाउने कांग्रेस नेता सिंहको टिप्पणी

रुपन्देही। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट नहटाएसम्म देशले मुक्ति नपाउने बताएका छन् ।

आज बुटवलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता सिंहले संसदीय विधिबाटै ओलीलाई हटाउन प्रयास गर्नुपर्ने बताए ।

अहिले केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट पार्टीले लगाएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा भाषणमा मात्र सीमित भएको आरोप लगाउदै कांग्रेसको कसरतले जारी भएको संविधान विपरीत कदम चालेर आफ्नो दम्भ देखाउने ओलीलाई जति सक्दो छिटो पदबाट मुक्त गर्नुपर्ने नेता सिंहको भनाइ छ।

कम्युनिस्टका ४/४ पटक नेतृत्व गरेका नेताले जारी गर्न नसकेको संविधान कांग्रेसले जारी गरेको भन्दै नेता सिंहले अहिले सरकारमा नेपाली कांग्रेसको स्थान २५ प्रतिशत पनि नरहेको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077