Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • देशभर ९०० जनामा संक्रमण पुष्टि हुँदा उपत्यकामा मात्रै ३४८ संक्रमित

    देशभर ९०० जनामा संक्रमण पुष्टि हुँदा उपत्यकामा मात्रै ३४८ संक्रमित

    अनलाइन नेपाल
  • शुक्रबार, ३ बैशाख २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा मात्र अहिले सम्मकै धेरै थप ९००  जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६ हजार १५८  पीसीआर परीक्षणबाट ८३६ जना र ६२१ एन्टिजेन परीक्षणमा ६४ जनामा संक्रमण पुष्टि भएको हो ।



    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप चार जना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन हजार ०७० पुगेको छ ।



    संक्रमितमध्ये अधिकांश काठमाडौं उपत्यकाका रहेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ३४८ जना संक्रमित थपिएका छन्।

    स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २८६, ललितपुरमा ४३ जना र भक्तपुरमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा २०८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार