Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • आईपीएलमा चेन्नईद्वारा पञ्जाब ६ विकेटले पराजित

    आईपीएलमा चेन्नईद्वारा पञ्जाब ६ विकेटले पराजित

    अनलाइन नेपाल
  • शनिबार, ४ बैशाख २०७८
  • 3K
    SHARES

    एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्ग्सले पहिलो जित निकालेको छ ।

    चेन्नईले पञ्जाब किङ्ग्सलाई ६ विकेटले हराएको हो । मुम्बईमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले २० ओभरमा ८ विकेट गुमाउँदै १०६ रन बनाएको थियो ।



    एक सय ७ रनको लक्ष्य पाएको चेन्नई सुपर किङ्ग्सले ४ विकेट गुमाएर लक्ष्य भेट्टायो । चेन्नई सुपर किङ्ग्सका लागि मोइन अलिले सबैभन्दा धेरै ४६ रन बनाए । यस्तै फाप डु प्लेसिसले ३६ रन जोडे । चेन्नई पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग ७ विकेटले पराजित भएको थियो ।



    यस्तै पहिलो खेलमा पञ्जाबले राजस्थान रोयल्सलाई ४ रनले पराजित गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार