Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • बराबरीमा रोकियो टोटनह्याम

    बराबरीमा रोकियो टोटनह्याम

    अनलाइन नेपाल
  • शनिबार, ४ बैशाख २०७८
  • 1.3K
    SHARES

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा टोटनह्याम बराबरीमा रोकिएको छ ।

    अवे मैदानमा भएको खेलमा सुरुवाति अग्रता लिएर पनि टोटनह्यामले त्यसलाई जोगाउन सकेन । एभर्टनसँग २–२ गोलको बराबरी खेल्ने क्रममा टोटनह्यामका लागि २७ र ६८ औँ मिनेटमा ह्यारी केनले गोल गरेका हुन् ।



    एभर्टनका लागि खेलको ३१औँ र ६२औँ मिनेटमा जी सिगुर्डसनले गोल गरेका हुन् । बराबरीपछि ३२ खेलबाट ५० अंकसहित टोटनह्याम सातौँ तथा ३१ खेलबाट ४९ अंकसहित एभर्टन आठौँ स्थानमा छ ।



    टोटनह्यामका लागि दुई गोल गरेका ह्यारी केन खेलको अन्तिम समयमा चोटग्रस्त भए । इन्जुरी समयमा उनको गोली गाँठोमा समस्या देखिएको हो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार