Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • सभामुखले अराजक, अनैतिक र असंवैधानिक काम गर्नुभएको छ : प्रधानमन्त्री ओली

    सभामुखले अराजक, अनैतिक र असंवैधानिक काम गर्नुभएको छ : प्रधानमन्त्री ओली

    अनलाइन नेपाल
  • शनिबार, ४ बैशाख २०७८
  • 2.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । माओवादी केन्द्रले वहिष्कार गरेको सर्वदलिय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सबै दलसँग कोरोना भाइरस (कोभिड–१९) को समस्या समाधानका लागि सहयोगको आग्रह गरेका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा जारी सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले सबैको सहकार्यबाट मात्र कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न सकिने भन्दै सबै दलसँग सुझाव र सहयोग मागेको बैठकमा सहभागी एक नेताले बताए ।



    त्यसैगरी बैठकमा प्रधानमन्त्री ओलीले सभामुख अग्नि सापकोटाले आफूलाई काम गर्न नदिएको भन्दै आक्रोश समेत पोखे ।



    संसदमा सरकारलाई सभामुखले काम गर्न नदिएको आरोप लगाउँदै ओलीले सभामुखले अराजक, अनैतिक र असंवैधानिक काम गरिरहेको आरोप लगाएको बैठकमा सहभागी राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले जानकारी गराए ।

    प्रधानमन्त्री ओलीले सभामुखले एमसीसी पेश गर्न नदिएकोप्रति आक्रोश पोखेको पनि लोहनीले बताए ।

    बैठकमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रामबहादुर थापा, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री विमलेन्द्र निधि, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र नेता लक्ष्मणलाल कर्ण, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष लोहनी र नेपाल मजदूर किसान पार्टीका नेता प्रेम सुवाल सहभागी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार